दफा ४५
वस्तु करार सम्बन्धी विशेष व्यवस्था
(१) भविष्यमा वस्तु खरिद वा बिक्री गर्ने सम्बन्धमा अधिकार तथा दायित्वको विशेष व्यवस्था हुने गरी भएको वस्तु करारको कारोबार (ट्रेडिङ्ग अफ अप्सन) का सम्बन्धमा लागू हुने व्यवस्था, शर्त तथा मापदण्ड तोकिए बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिमको व्यवस्था, शर्त तथा मापदण्ड लागू नभएसम्म त्यस्तो वस्तु करारको कारोबार (ट्रेडिङ्ग अफ अप्सन) गर्न पाइने छैन ।